खेल

भव्य समारोहका साथ सकिँदै पेरिस ओलम्पिक

फ्रान्सको राजधानी पेरिसमा जारी सन् २०२४ को ओलम्पिकको आज अन्तिम दिन, भव्य समारोहका साथ पेरिस ओलम्पिक २०२४ को आज समापन हुँदैछ।

२६ जुलाईबाट पेरिसमा सुरु भएको खेलको महाकुम्भ ओलम्पिकको शीर्ष स्थानको वरीयता कायम गर्ने दौडमा अमेरिका र चीन रहेको छ।

समापन समारोहलाई ‘रिकर्ड्स’ नाम दिइएको छ।

समापन समारोह पारम्परिक रुपमा फ्रान्सको सबैभन्दा ठूलोे स्टेडियम स्टेड डीमा आयोजना गरिने छ। जसमा ८० हजार दर्शक सहभागी हुनेछन्।

करिब २ घन्टासम्म चल्ने समापन समारोहमा ओलम्पिक परम्परा अनुसार पेरिस ओलम्पिक २०२४ को मशाललाई आज औपचारिक रुपले निभाइने छ। त्यसपछि ओलम्पिक झन्डा लस एन्जल्स २०२८ को आयोजन समितिलाई सुम्पिने छ।

शनिवारसम्मको खेल सकिँदा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ। चीनले हालसम्म ३९ स्वर्णपदक, २७ कास्यपदक र २४ रजतपदक सहित कुल ९० पदक जितेको छ।

त्यस्तै अमेरिकाले ३८ स्वर्णपदक, ४२ कास्यपदकर ४२ रजतपदकसहित कुल १२२ पदक जितेको छ। र, पदक तालिकाको दोस्रो स्थानमा रहेको छ।

प्रकाशित: २७ श्रावण २०८१ ०९:२९ आइतबार

#Paris Olympics – 2024 #france