खेल

टी-२० विश्वकपः सेमिफाइनलको समीकरण पूरा, कुन टीम कोसँग भिड्दै?

आईसिसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ। आज भएको सुपर ८ अन्तर्गतको अन्तिम खेलमा अफगानिस्तानले बङ्गलादेशलाई पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।

अफगानिस्तानले दिएको ११६ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको बङ्गलादेशले ब्याटिङ्ग गरिरहँदा खेल वर्षाका कारण प्रभावित बन्यो। त्यसपछि डिएलएस नियमको आधारमा २० ओभरको खेल १९ ओभरमा सिमित गर्दै ११४ रनको टार्गेट तय गरियो। जसमा बङ्गलादेशले १ ओभर १ बल बाँकी छदै अलआउट भएर १०५ रन मात्रै बनाउन सक्यो।

समूह ‘ए’ बाट अफगानिस्तानले जित हात पारेसंगै अस्ट्रेलिया र बङ्गलादेशको सेमिफाइनल यात्रा सकिएको छ।

दुई समूहमा बाँडिएका सुपर ८ का ८ टीम मध्ये समूह ‘ए’ बाट भारत तथा समूह ‘बी’ बाट दक्षिण अफ्रिका र इङ्ग्ल्यान्ड यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन्।

अब अफगानिस्तानले सेमिफाइनलमा २७ जुनका दिन दक्षिण अफ्रिकासँग खेल्ने छ भने सोही दिने अर्को सेमिफाइनलमा भारत र इङ्ग्ल्यान्ड भिड्ने छन्।

अफगानिस्तान र दक्षिण अफ्रिका बीचको खेल ब्रायन  लारा स्टेडियममा बिहान ६ः१५ बजेबाट सुरु हुनेछ भने भारत र इङ्ग्ल्यान्ड बीचको खेल प्रोभिडेन्स स्टेडियम गुएनामा राति ८ः१५ बजेबाट सुरु हुनेछ।

सेमिफाइनलमा जित्ने दुई टोली फाइनलमा पुग्ने छन्। र, २९ जुनमा उपाधिका लागि भिड्ने छन्।

प्रकाशित: ११ असार २०८१ ११:३३ मंगलबार

#semifinal #india #afganistan #T20 World Cup #england #south africa