नेपालको चार सदस्यीय बक्सिङ टोली दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा भाग लिन बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ।
मे २४ देखि जुन ३ तारिखम्म हुने छनोट प्रतियोगितामा नेपालका दुई पुरुष र एक महिला खेलाडीले चुनौती प्रस्तुत गर्नेछन् । पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र ६३.५ केजीमा प्रकाश इजम लिम्बूले प्रतिस्पर्धा गर्नेछन्। महिला ५४ केजीमा अन्जनी तेलीले खेल्नेछिन् ।
प्रकाशित: ९ जेष्ठ २०८१ ०९:३१ बुधबार