खेल

प्ले अफबाट बाहिरने जोखिममा चेन्नई!

क्रिकेटको महाकुम्भ भनेर चिनिने इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफको समिकरण पूरा हुन अब ८ दिन बाँकी छ। जारी सिजनको ८ खेल सकिएसँगै आईपीएलको प्ले अफको समिकरण पूरा हुनेछ।

जारी सिजनमा कोलकोत्ता नाइट राइडर्सले भने प्ले अफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने अब ३ वटा टिमले प्ले अफमा आफ्नो स्थान सुरक्षित गर्न बाँकी छ। तर, साविक विजेता चेन्नईको प्ले अफमा पुग्ने सम्भावना चुनौतीपूर्ण बन्दै गएको छ।

ऋतुराज गायक्वाडको कप्तानीमा रहेको चेन्नईलेा हालसम्म १३ खेल खेलेकोमा ७ मा जित हात पारेको छ भने ६ खेलमा पराजित भएको छ। अब चेन्नईले समूह चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोरको सामना गर्नेछ। यो खेल बैङ्गलोरको एमए चिदम्बरम् स्टेडियममा १८ मेमा खेलिने छ। जुन चेन्नईका लागि चिन्ताको विष बनेको छ।

हालसम्म चेन्नईले खेलेको १३ खेलमध्ये ७ आफ्नै मैदानमा खेलेको छ। जसमध्ये ५ मा जित हासिल गरेको छ भने ६ खेल विपक्षीको मैदानमा खेलेको छ। जसमा २ मा मात्रै जित हात पारेको छ र अन्य ४ खेलमा पराजित भएको छ। यदि समूह चरणको आफ्नो अन्तिम खेलमा चेन्नईले खेल सुधारेन भने उसको प्ले अफमा पुग्ने सम्भावना सकिन्छ।

जारी सिजनको सुरुआतमा कमजोर प्रदर्शन गरेको बैङ्गलोर भने कम ब्याक गर्दै लयमा फर्केको छ। अब उसको प्ले अफमा पुग्ने सम्भावना पनि कायमै रहेको हुँदा अन्तिम खेलमा जित निकाल्ने उसको पनि दाउ हुनेछ। जारी सिजनकै पहिलो खेलमा भने बैङ्गलोर चेन्नईसँग उसको घरेलु मैदानमा पराजित भएको थियो। अब बैङ्गलोरसँग आफ्नो घरेलु मैदानमा चेन्नईलाई हराउने र प्ले अफमा पुग्ने लक्ष्य हुनेछ।

प्रकाशित: ३१ वैशाख २०८१ १४:०० सोमबार

#ipl - indian premier league #chennaisuper_kings #royalchallengres_banglore #play_off