खेल

पावरप्लेमा पपुवा न्यु गिनीमाथि नेपाली बलरको कहर

हङकङमा जारी त्रिकोणीय टि–२० सिरिजको फाइनल खेलमा अहिले नेपाल र पपुवा न्यु गिनी (पिएनजी) आपसमा भिडिरहेका छन्।

जारी खेलमा नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका थिए।

त्यसपछि क्रिजमा उत्रिएको पिएनजीमाथि नेपाली बलर पहिलो ओभरबाटै हाबी भएका छन्। हालसम्म पावरप्ले (०–६ ओभर) को खेल सकिदाँ पिएनजीका चार महत्वपूर्ण विकेट नेपाली बलरले चट्काइसकेका छन्।

हालसम्म करन केसी र गुल्शन झाले एक/एक र आकाश चन्दले दुई विकेट लिएका छन्। एकातिर धमाधम विकेट गुमिरहँदा अर्कातिर पिएनजीका ब्याटरले आक्रामक रुप अख्तियार गरिरहेका छन्। ६ ओभरमा पिएनजीले पनि ५४ रन जोडिसकेको छ।

प्रकाशित: ३० फाल्गुन २०८० १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App