खेल

नेपालविरुद्ध क्यानडाको सुदृढ सुरुवात, नेपाली बलर दबाबमा

नेपाल–क्यानडा अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजअन्तर्गत आजको खेलको पहिलो १० ओभरमा क्यानडाले सुदृढ ब्याटिङ प्रदर्शन गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडेली टिमका ओपनर ब्याटरले सुरुवातमा नेपाली बलरहरूलाई दबाब सिर्जना गर्न दिएनन्।

जारी खेलमा अहिलेसम्म १० ओभर सकिदा क्यानडाले बिनाकुनै विकेट गुमाएर ५६ रन बनाएको छ। जसमा क्यानडेली ओपनरहरू नवनीत धलिवालले ३३ बलमा २८ रन र आरोन जोनसनले २७ बलमा २३ रन जोडेका छन्। दुबै ब्याटरले अहिलेसम्म ११ चौका प्रहार गरिसकेका छन् ।

प्रकाशित: २७ माघ २०८० १०:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App