खेल

कोसीका सुजनले पूरा गरे शतक

कीर्तिपुर क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भइरहेको खेलमा कोसी प्रदेशका सुजन थपलियाले शतक पूरा गरेका छन्।

उनी नेपाल पुलिस क्लबविरुद्धको खेलमा चौथो ब्याट्सम्यानका रूपमा क्रिजमा आएका हुन्। उनको शतकसँगै कोसी प्रदेश ४३.५ ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएर खेलिरहेको छ। 

सुजनले ११९ बलमा ८ छक्का र ५ चौकासहित शतक पुरा गरेका हुन्।

प्रकाशित: २ माघ २०८० ०६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App