खेल

‘रूसी खेलाडीबारेको खबर निराधार’

लुसाने – अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले बिहीबार आजीवन प्रतिबन्धबाट सफाइ पाएका २८ रूसी खेलाडीले स्वतः प्योचाङ हिउँदे ओलम्पिकमा खेल्ने पाउने खबर निराधार भएको बताएको छ।

बिहीबार कोर्ट अफ अर्बिबियसन फर स्पोर्ट्स (सिएसए) ले २८ रूसी खेलाडीमाथि लागेको आजीवन प्रतिबन्धमा सफाइ दिएको  थियो ।
‘कुनै मुद्दामा सफाइ पाउनुको अर्थ ती खेलाडीले अर्को महिना हुने पियोछाङ विन्टर ओलम्पिक खेलमा सहभागी हुन पाउँछन् भन्ने होइन,’ आइओसीले एक विज्ञप्ति जारी गर्दै भनेको छ।

तर आइओसीले सिएसएको निर्णयको भने सम्मान गर्ने जनाएको छ । सिएसएले डोपिङ प्रकरणमा मुछिएका ४३ रूस खेलाडीमध्ये २८ खेलाडीलाई सफाइ दिएको थियो । सन् २०१४ को सोची विन्टर ओलम्पिक खेलमा डोपिङमा मुछिएकोे भन्दै आइओसीले उनीहरूमाथि आजीवन प्रतिबन्ध लगाएको थियो।

सिएसएले उनीहरुविरुद्ध आइओसीले पेस गरेको प्रमाण उनीहरूलाई दोषी मान्य पर्याप्त नभएको बताएको छ । आइओसीले सिएसएको निर्णयले भविष्यमा डोपिङविरुद्धको लडाइँमा कठिनाइ हुने समेत बताएको छ।

 

प्रकाशित: १९ माघ २०७४ ०३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App