खेल

नेपाल विरुद्ध वेस्ट इन्डिजले ३३९ रन बनायो, ललितले लिए ३ विकेट

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत  नेपाल विरुद्ध वेस्ट इन्डिजले ३३९ रनको विशाल स्कोर खडा गरेको छ।  

टस हारेर पहिला व्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारीत ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाएको हो।

वेस्ट इन्डिजका लागि निकोलस पुरनले ९४ बलमा १०चौका र ४ छक्कासहित ११५ रन बनाए । त्यसैगरी साई होपले १२९ बलमा १० चौका र ३ छक्कासहित १३२ रन बनाए ।  

नेपालका लागि ललितनारायण राजवंशीले १० ओभरमा  ५२ रन खर्चेर ३ विकेट लिए ।

सन्दीप लामिछानेले १० ओभरमा १ मेडन ओभर सहित ५० रन खर्चेर १ विकेट लिए ।  

करण केसीले  १० ओभरमा १ मेडन ओभर सहित ८१ रन खर्चेर १ विकेट लिए ।  गुल्सन झाले  ८ ओभरमा  ६४ रन खर्चेर १ विकेट लिए । दिपेन्द्रसिंह ऐरीले ७ ओभरमा  ४५ रन खर्चेर १ विकेट लिए ।  

प्रकाशित: ७ असार २०८० १०:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App