खेल

फागुन अन्तिम साता सार्वजनिक संस्थान खेलकुद

सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) को आयोजनामा १३औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता फागुन अन्तिम साता हुने भएको छ।

प्रतियोगिताअन्तर्गत पुरुष फुटसल र ब्याडमिन्टनको प्रतिस्पर्धा हुने पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यले जनाएका छन्। फुटसल फागुन २४ र २५ गते भृकुटीमण्डपमा हुनेछ। ब्याडमिन्टन त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा फागुन २६ देखि २९ गतेसम्म हुनेछ। ब्याडमिन्टनमा पुरुष-महिला सिंगल्स र डबल्स, ४५ वर्षमाथि भेट्रान तथा पेस्डान एक्सिक्युटिभ डबल्स गरी ६ स्पर्धामा खेल हुने ब्याडमिन्टन खेलका संयोजक समेत रहेका पेस्डानका महासचिव रामविनय श्रेष्ठले जानकारी गराए।  

दुवै खेलको नगद पुरस्कार राशि जम्मा २ लाख २५ हजार रूपैयाँ रहेको छ। विभिन्न संस्थानका प्रतिस्पर्धीको सहभागिता रहने प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख ७८ हजार रूपैयाँ खर्च हुने पेस्डानले जनाएको छ।

प्रकाशित: १४ माघ २०७९ ०१:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App