खेल

सिरिजङ्गा गोल्डकपको उपाधि सुनाकोटी सिटी फुटबल क्लब काठमाडौंलाई

तेअङ्सी सिरिजङगासिंह थेबेको ३१८ औ जन्मजयन्तीको अवसरमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा सम्पन्न सिरिजङ्गा गोल्डकपको उपाधि काठमाडौंको सुनाकोटी सिटी फुटबल क्लवले जितेको छ। न्यू स्टार क्लब झापालाई १–० गोल अन्तरले पराजित गर्दै सुनाकोटीले उपाधि जितेको हो।

 सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकस्थित तेल्लोक माविको खेलमैदानमा सम्पन्न फाइनल खेलको ७८औं मिनटमा शिशिर लेखीले गरेको एक मात्र गोल सुनाकोटीलाई उपाधि जिताउन निर्णायक बन्यो। लेखी नै फाइनल खेलको म्यान अफ द म्याच समेत चुनिए। उनले पुरस्कार वापत १ हजार र ट्रफी हात पारे। उपाधिसंगै सुनाकोटीले १ लाख ५१ हजार रुपैंया सहित कप,मेडल र प्रमाणपत्र पाएको छ। उपविजेता न्यू स्टारले नगद ८१ हजार रुपैंया प्राप्त ग¥यो। प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी न्यू स्टारका सानुका साम्बा घोषित भए। उनले ट्रफीसहित नगद ३ हजार हात पारे। अन्य उत्कृष्ट बनेका सबैले जनही नगद २ हजार हजार रुपैंया सहित ट्रफी प्राप्त गरेको आयोजक तेल्लोक स्पोर्टिङ क्लवका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए। 

त्यस्तै व्यक्तिगत विधातर्फ सुनाकोटीका समिर लिम्बू उत्कृष्ट गोलरक्षक बन्दा उत्कृष्ट डिफेन्डर पनि सुनाकोटी कै अनुशरण राई घोषित भए। सर्वाधिक गोलकर्ताको पुरस्कार चाँहि ताप्लेजुङको खेवाङ स्र्पोटिङ क्लवका आयुष श्रेष्ठले हात पारे। तेल्लोक स्र्पोटिङ क्लब र तेअङ्सी सिरिजङ्गा स्मृति संस्था, ताप्लेजुङको संयुक्त आयोजनामा मंसिर २५ गतेदेखि शुरु प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए। 

बिजयी क्लव तथा सर्बोत्कृष्ट,उत्कृष्ट र बिधागततर्फ अब्बल देखिएका खेलाडीलाई कार्यक्रमका प्रमुख अथिति प्रतिनिधिसभाका सांसद तथा पूर्व मन्त्री योगेशकुमार भट्टराईले नगद पुरस्कार,कप,ट्रफी,मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका छन्। सिरिजंगासिंह थेबेलाइ किराँत लिम्बू लिपिका प्रचारक,सिरिजंगा लिपि र याक्थुङ संस्कृतिका प्रणेता,जातिय अस्थित्वका रक्षक,ज्ञानका पुञ्ज एवम् प्रकाण्ड बिद्धान मानिन्छ। सिरिजङ्गा गाउँपालिका त्ये अङ्सी सिरिजंगासिंह थेबेको जन्म भएको स्थलको रुपमा परिचित छ।  

प्रकाशित: १ पुस २०७९ ०८:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App