समाज

माथिबाट खसेको फलामको पाइपले लागेर एकजनाको मृत्यु

भक्तपुरको जगाती पुल नजिक रहेको कंक्रिट उद्योगमा माथिबाट खसेको फलामको पाइपले लागेर एकजनाको मृत्यु भएको छ।  

बिहिबार समानान्तर कंक्रीट (रोडा, बालुवा, सिमेन्ट र केमिकल उत्पादन गरी तयार गर्ने) उद्योगमा काम गर्ने क्रममा अन्दाजी ३ मिटर लामो कंक्रीट पेल्ने फलामको पाइप मर्मत गर्ने क्रममा अचानक खस्न जाँदा एकजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ७ घर भई हाल सोही उद्योगमा काम गर्ने बर्ष २४ को बिबेक चौधरी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। घटनामा परी अर्का एकजना घाइते भएका छन्। 

दुर्घटनापछि उपचारको लागि नागरिक अस्पताल गठाघर भक्तपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए। घाइते अर्का पनि बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ७ घर भई हाल सोही उद्योगमा काम गर्ने बर्ष १९ को प्रमोद चौधरी रहेको जनाइएको छ। हाल उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

घटनास्थलमा प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: ६ आश्विन २०७९ १२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App