समाज

बालेन शाह भक्तपुरमा

युवा उम्मेदवार बालेन शाह आइतबार भक्तपुर पुगेका छन्। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर मतगणना अनुसार अग्रता हासिल गर्दै आएका उनी बिहान भक्तपुर आएका हुन्।

उनी भक्तपुर नगरपालिका २ व्यासीस्थित भक्तपुर नगरपालिकाको कार्यालय पुगेका हुन्। उनी भक्तपुर नगरपालिका र नेपाल मजदुर किसान पार्टीबाट प्रभावित छन्। यही कारण उनी भक्तपुर आएका हुनसक्ने अनुमान गरिएको छ।

आफूले कुनै पार्टी रोज्नुपर्दा कुन पार्टी रोज्नुहुन्छ? भन्ने पत्रकारहरुको जिज्ञासामा उनले नेपाल मजदुर किसान पार्टी रोज्छु भन्दै आएका छन्। साथै उनले नेपाल मजदुर किसान पार्टीले जितको भक्तपुर नगरपालिका उदाहरणीय नगरपालिका भएको पनि भन्दै आएका छन्।

आफू काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भए भक्तपुरमा जस्तो काम गर्ने उनले बताउँदै आएका छन्। भक्तपुर जस्तो सफा, कला संस्कृति जगेर्ना गर्ने नगरपालिका बनाउँंछु भनी उनले अन्तर्वार्तामा भन्दै आएका छन्। बालेन भक्तपुर पुगेपछि उनीसँंग सेल्फी खिच्नेहरुको भीड लागेको थियो।

प्रकाशित: १ जेष्ठ २०७९ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App