समाज

करोडौंको मेसिन प्रयोगविहीन

सरकारी लगानीमा खरिद गरिएको डेढ करोड मूल्य बराबरको मेसिन भन्सार कार्यालय जमुनाहमा प्रयोगविहीन भएको छ। करिब पाँच वर्षअघि खरिद गरी ल्याइएको उक्त ब्याग एक्स–रे मेसिन सञ्चालनका लागि दक्ष जनशक्तिको अभावमा प्रयोगविहीन भएको हो।

सीमा सुरक्षाका लागि महँगोमा खरिद गरिएको उक्त मेसिन प्रयोगमा आउन नसक्दा सुरक्षा जाँचमा समस्या भएको छ। यसको प्रयोगका लागि भन्सारले पनि अहिले खासै चासो देखाएको छैन। भन्सार कार्यालय जमुनाह नाकाभन्दा टाढा र भित्र परेको हुँदा पनि मेसिन कार्यालय परिसरमा राख्नुको विकल्प देखिँदैन।

नेपाल–भारत सीमामा दैनिक हजारौंको संख्यामा सर्वसाधारणको आवतजावत हुन्छ। जमुनाह नाकाबाट विभिन्न प्रकारका अवैध क्रियाकलाप हुने गरेता पनि त्यसका लागि भने कुनै सुरक्षात्मक प्रविधि नरहेको बताइएको छ। प्रहरी, भन्सार कार्यालयका कर्मचारी र शसस्त्र प्रहरीको नजरमा जे देखियो त्यो नै सही वा गलत हुने गरेको स्थानीय बताउँछन्। जसले गर्दा सामानका बीच भागमा लुकाइछिपाइ लगिने र अवैध सामान नेपाल भित्रिन्छन्।

भौतिक पूर्वाधारको अवस्था नाजुक रहेको कारण यहाँका भौतिक संरचना मर्मतदेखि निर्माणसम्मको काम भइरहेको भन्सार कर्मचारी बताउँछन्।

प्रकाशित: १ कार्तिक २०७८ ११:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App