समाज

बुधवारसम्म देशका धेरै स्थानमा बर्षा हुने सम्भावना

शनिवार रातिदेखि देशका धेरै ठाउँमा मौसम बदली भएको छ। केही ठाउँमा पानी परिरहेको छ। भारतको ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेकाले मौसम बदली र पानी पर्न सुरु भएको हो।

आउँदो बुधवारसम्म नै पानी पर्ने र केही स्थानहरूमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै हिमाली जिल्लामा पनि वर्षासहित हिमपातको सम्भावना छ। 

प्रकाशित: १ कार्तिक २०७८ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App