समाज

छोराले धारिलो हतियार प्रहार गर्दा बुवाको मृत्यु

खोटाङमा छोराले धारिलो हतियार प्रहार गर्दा बुवाको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेँसीटोलका ३७ वर्षीय सुवर्ण राईले धारिलो हतियार प्रहार गर्दा ७५ वर्षीय बुवा चन्द्रबहादुर राईको मृत्यु भएको हो। 

छोराले आइतबार बिहान ४ बजेतिर गर्दन लगायत शरीरका विभिन्न ठाउँमा खुकुरी प्रहार गर्दा चन्द्रबहादुरको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक अमरप्रसाद गजमेरले बताए ।  आफ्नै बुवालाई धारिलो हतियार प्रहार गर्ने सुवर्णलाई सोल्माकै अल्छेढुंगाबाट नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 

घटनाको कारण खुल्न बाँकी रहेको प्रहरी निरिक्षक गजमेरले बताए। २०७१ साल असार १७ गते राती आँखामा टर्चको प्रकाशले हानेर अलमल्याउँदै साकेला गाउँपालिका–२ रतन्छा पिनालाखाका हरिजङ राईको सुन र नगद लुट्पाटमा संलग्न चार जनामध्येका एक सुवर्णले डाँका र हातहरियार मुद्दामा कैंद सजाय भुक्तान गरेको केही वर्षपछि बुवामाथि धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ।  

प्रकाशित: १३ असार २०७८ ०४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App