समाज

थप २ हजार ४७६ जनामा संक्रमण, २७ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ८ हजार ९४५ पुगेको छ।  

हाल देशभर सक्रिय संक्रमितको संखया ४५ हजार ७९४ रहेको छ भने क्वारेन्टिनमा हुनेको संख्या ३७३ छ।

प्रकाशित: ११ असार २०७८ १२:०९ शुक्रबार

कोरोना भाइरस स्वास्थ्य तथा जनसंख्या मन्त्रालय