समाज

बाढीपहिरोले विस्थापितलाई बेनी नगरले आपतकालीन राहत स्वरुप १५ हजार दिने

बेनी नगरपालिकाले बाढीपहिरोको कारण पूर्णरूपमा विस्थापित भएकालाई तत्काल आपतकालीन राहत स्वरूप १५ हजार नगद सहयोग गर्ने भएको छ । 

नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको द्रुत प्रतिकार्य समूहको बैठकले लगातारको बर्षाका कारण घर छोडेर सार्वजनिक र छिमेकीको बसोबास गरेका नगरवासीलाई राहतको रुपमा उक्त सहयोग गर्ने निर्णय भएको बेनी नगरपालिकाका प्रबक्ता रामकृष्ण बराइलीले बताए । उनका अनुसार बाढीपहिरोबाट विस्थापितलाई कुनैपनि समस्या हुन नदिने प्रवक्ता रामकृष्ण बराईलीले बताए ।  

‘तत्काल आवश्यक पर्ने सहयोग वडासँग समन्वय गरी पठाइने छ,‘इमर्जेन्सी सहयोग र ब्यवस्थापन गछौं’, प्रबक्ता बराईलीले भने । उनले विस्थापितलाई त्रिपाल र बाढीपहिरोबाट क्षति हुन नदिने गरी पाइप समेत वितरण गरिने छ । द्रुत प्रतिकार्य समूहको बैठकमा मेयर श्रेष्ठले विपद्मा परेका नगरवासीलाई कुनैपनि समस्या हुन नदिने गरी तयारी गर्न समेत निर्देशन दिएका थिए । 

बैठकमा उपमेयर सञ्जु बरुवाल, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मासहितको टोली उपस्थित रहेको थियो । तीन दिनदेखि लगातार भइहरेको बर्षाले नगरभित्र करिब ४० घरधुरी विस्थापित भएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित: ३ असार २०७८ ०२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App