समाज

आइसोलेसनमा मृत्यु भएका पुरुषको पिसीआर रिर्पोट नेगेटिभ

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएका गुल्मीका ४२ बर्षे पुरुषको पिसीआर रिर्पोट नेगेटिभ आएको छ। आइतबार उपचारकै क्रममा मृत्यु भएका धुर्कोट गाँउपालिका  वडा नं. ४ का ती पुरुषको थ्रोट स्वाब परिक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टि भएको हो। 

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले ती पुरुषको पिसीआर रिर्पोट नेगेटिभ आएको जनाएको छ। ती व्यक्तिमा निमुनीयाको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन।

शनिबार बिहान प्रादेशिक अस्पताल ल्याइएका ती व्यक्तिको निमुनीयाको कारण मृत्यु भएको अस्पतालका डा. सुदर्शन थापाले बताए । जेठ २४ गते भारतको बम्बैबाट फर्केका ती व्यक्ति धुर्कोट  ४ को फुलबारी प्राविको क्वारेन्टिनमा बसेकै बेला गत शुक्रबारदेखि बिरामी परेका थिए ।

प्रकाशित: १ असार २०७७ १०:२८ सोमबार

कोभिड १९ आइसोलेसन