समाज

बाँकेमा कोरोना संक्रमित हुनेको संख्या १ सय ८९ पुग्यो

बाँकेमा ८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा नेपालगन्ज, नरैनापुर, खजुरा र बैजनाथका ८ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालगन्जका १६ देखि ४२ वर्षसम्मका ४ जना पुरुष, नरैनापुरका २१ र २५ वर्षका २ जना पुरुष, खजुरा र बैजनाथका एक÷एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । यो सँगै बाँकेमा कोरोना संक्रमित हुनेको संख्या १ सय ८९ पुगेको छ ।  

कोरोना संक्रमणबाट जिल्लामा एक जना युवकको मृत्यु भएको छ, भने १७ जना पुरुष र ११ जना महिला गरी २८ जना ब्यक्ति उपचार पश्चात डिस्चार्ज भएका छन् ।

प्रकाशित: १८ जेष्ठ २०७७ १५:२६ आइतबार

कोरोना भाइरस संक्रमित