समाज

भारतबाट फर्कने क्रममा मृत्यु भएका व्यक्तीमा कोरोना पोजेटिभ

गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका कृष्ण बहादुर गैरेको रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ ।  

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा गैरेमा कोरोना पोजेटिभ रहेको पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिजय विकले जानकारी दिए ।  

भारतको अहमदाबादबाट फर्किने क्रममा उनको डुम्रीयागंज भन्ने स्थानमा बसमै निधन भएको थियो । ३४ वर्षीय गैरेको शव लिएर आएका ३ जना भुमिकास्थानको क्वारेन्टिमा रहेका छन् । उनीहरुको पनि पिसिआर परीक्षण गरिने अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।  

प्रकाशित: १५ जेष्ठ २०७७ १३:४४ बिहीबार

कोभिड १९ कोरोना संक्रमण बाटाेमै मृत्यु