समाज

भारतबाट एकैदिन १८ जना भित्रिए

छिमेकी देश भारतबाट अर्घाखाँचीमा एकैदिन १८ जना भित्रिएका छन् । पछिल्लो समयमा कोरोनाको तीव्र जोखिममा परेको भारतबाट एकैदिन १८ जना भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए ।

कृष्णनगर नाका हुँदै भित्रिएका मध्ये १० जना अर्घाखाँची र आठ जना छिमेकी प्यूठान जिल्लाका रहेका छन् । नौ जना भूमिकास्थान नगरपालिकाका छन् भने एकजना मालारानी गाउँपालिकाका हुन् ।  

जिल्ला भित्रिएका अर्घाखाँचीका नागरिकलाई स्थानीय तहहरुले क्वारेन्टिनमा राखेका छन् भने प्यूठानका मानिसहरुलाई गृहजिल्ला पठाइएको भुमिकास्थान नगरपालिकाका उपप्रमुख खडानन्द बेल्बासेले बताए । कृष्णनगर सिमानामा अलपत्र परेका उनीहरुलाई दुईओटा एम्बुलेन्स मार्फत अर्घाखाँची ल्याइएको हो ।

प्रकाशित: ५ जेष्ठ २०७७ ०६:४० सोमबार

कोभिड १९ कोरोनाभाइरस लकडाउन