महोत्तरी– महोत्तरी प्रहरीले १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एकजना भारतीयलाई पक्राउ गरेको छ।
भारतको सितामढी जिल्ला ग्राम पंचायत पिपरा ७ का ६५ वर्षीय मोहम्मद अन्सारीलाई प्रहरीले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो।
अंसारीले डेढ महिना अघि सितामढि जिल्ला ग्राम पञ्चायत महादेवपट्टि १५ घर भएकी १५ वर्षीया किशोरीलाई ललाईफकाई महोत्तरीको औरही ल्याएर सँगै राखेका थिए।
६५ वर्षीय वृद्धले १५ वर्षीया किशोरीलाई औरही १ स्थित आलम अन्सारीको घरमा राखेको जानकारी पाए पछि इलाका प्रहरी कार्यालय गौशालाको टोलीले ती किशोरीको उद्दार गरेको थियो। साथै, मोहम्मद अन्सारीलाई पक्राउ गरेको इप्रका गौशालाका प्रमुख इन्सपेक्टर किशोर आर्चायले बताए।
प्रहरीले उद्दार गरेको किशोरीलाई उनको परिवारजनको जिम्मा लगाएर घर फर्काइ सकेको छ।
अन्सारीले बिवाहको प्रलोभन दिएर किशोरीलाई ल्याएको र सँगै बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रकाशित: २८ चैत्र २०७५ १०:३८ बिहीबार