समाज

बलात्कारपछि हत्या गर्ने अभियुक्तलार्इ जन्मकैदकाे सजाय

बैतडी - १६ वर्षीया किशाेरीलार्इ बलात्कार गरी हत्या गरेको अभियोगमा एक युवकलार्इ सर्वस्व सहित जन्मकैदको फैसला सुनाइएकाे छ। बैतडी स्थित पुर्चौडी नगरपालिका–४, भटनाकी १६ वर्षीया डम्वरा भट्टलाई बलात्कार गरी हत्या गरेको आरोपमा डिलासैनी गाँउपालिका–४ पिराडीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई जिल्ला अदालतले जन्मकैदकाे फैसला सुनाएकाे हाे। जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले शुक्रवार आरोपी जोशीलाई हत्या अभियोगमा २० र बलात्कार अभियोगमा थप ८ वर्ष गरी २८ वर्ष कैद गर्ने फैसला सुनाएको जिल्ला अदालत बैतडीका श्रेष्तेदार अधिकृत भीमप्रसाद भुसालले बताए।

जोशीले गत फागुन १७ गते साली नाता पर्ने  भट्टलाई जवरजस्ती करणी गरी हत्या गरेको पुष्टि भएको थियाे।  पुर्चौडी हाटमा व्यापार गर्दै आएका जोशीले विद्यालयबाट घर फर्किरहेकी किशोरीलाई आफ्नै कोठामा बोलाएर जबरजस्ती करणी गरी हत्या गरेका थिए।

यस्तै मेलौली नगरपालिका–२ का २९ वर्षीय किशोरराम ओडले १४ वर्ष कम उमेरकी आफ्नै सालीलाई जबरजस्ती करणी गरेको पुष्टि भएपछि जिल्ला अदालतले उनलाई ८ वर्ष कैद र ४० हजार  रुपैयाँ क्षतीपूर्ति गर्ने फैसला सुनाएको छ। ओडले गत जेठ ८ गते किशोरीलाई जबरजस्ती करणी गरेका थिए।

 

प्रकाशित: १९ आश्विन २०७५ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App