तनहुँ- पृथ्वी राजमार्ग सडक खण्डको आबुखैरेनी १ बरादीमा तिन सवारी एक आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा आवुखैरेनी गाउँपालिका ४ का २६ बर्षिय दिल वहादुर मगर, पर्वत जिल्ला कुस्मा नगरपालिका ९ कि ३ वर्षिय वालिका ममता लामिछाने, कुस्मा नगरपालिका ९ कै ३५ बर्षिय कमल लामिछाने त्यस्तै आवुखैरेनी गाउँपालिकाका अन्दाजी ३५ बर्षिय नुन वहादुर खवास रहेका छन्। थापाको दमौली अस्पतलामा उपचारको क्रममा मृत्यु भएको हो भने लामिछाने द्वयको गण्डकीमा र खवासको मणिपाल अस्पतालमा उपचारको क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ।
आवुखैरेनी वाट डुम्रे तर्फ आउदै गरेको ग १ ख ३०७३ नम्वरको यात्रुवहाक बसले विपरित दिशाबाट आएको बा १७ च १८१४ नम्वरको भ्यान र मुग्लिनबाट डुमे तर्फ आउदै गरेको ग ५ प १९४४ नम्वरको मोटरसाईकल एक आपासमा ठक्कर खादाँ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
त्यस्तै घाईतेहरुमा कुस्मा नगरपालिका ९ कि २० बर्षिय पार्वती लामिछाने, भरतपुर महानगरपालिका ६ का ३० बर्षिय सरु पाठक, कुस्मा नगरपालिका १३ का २४ वर्षिय गुरुदत्त तिवारी पोखरामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिए।
प्रकाशित: १२ असार २०७५ १४:२५ मंगलबार