समाज

दुर्गा प्रसाईं भन्छन्: तत्काल राजतन्त्र फर्कने सम्भावना छैन

फाइल तस्बिर

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरू राजतन्त्रको पक्षमा वातावरण बनाउन निरन्तर लागिरहेको बताएका छन् ।

तत्काल राजतन्त्र फर्किन सम्भव नरहेपनि विस्तारै त्यसका लागि वातावरण निर्माणमा जुटेको उनको भनाइ थियो ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेडिकल व्यवसायी समेत रहेका प्रसाईंले पूर्वराजालाई नारायणहिटी प्रवेशको सम्भावना नरहेकाले तत्कालका लागि निर्मल निवासमै लैजाने बताए ।

प्रसाईंले भने,'फागुन २५ गते आफूहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखराबाट फर्किँदा विमानस्थलमा स्वागत गर्ने र त्यहाँबाट निर्मल निवास पुर्‍याउने छौं ।'

प्रकाशित: २३ फाल्गुन २०८१ १५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App