सिन्धुपाल्चोकमा भूकम्प गएको छ। एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टमका अनुसार बिहीबार दिउँसो करिब १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको ज्यामिरेलाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टरको भूकम्पको गएको हो।
भूकम्पको धक्का काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो।
थप विवरण आउन बाँकी रहेको छ।
प्रकाशित: १८ पुस २०८१ १३:१८ बिहीबार