समाज

नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झा र प्रतिक थापा थुनामै रहने

नक्कली शरणार्थी प्रकरणका आरोपीद्वय बेचन झा र प्रतिक थापा थुनामै रहने भएका छन् ।

काठमाडौं जिल्ला अदालतको भदौ २ गतेको आदेशविरुद्ध पुनरावेदन गरेका उनीहरुलाई थुनामै राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले आदेश दिएको हो ।

न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरिदिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा झाविरुद्ध पूरक अभियोग दर्ता भएको थियो । तत्कालिन समयमा फरार रहेका पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध भने सुरुमै अभियोग पत्र दायर भएको थियो । पक्राउ परेपछि भने अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

सोही मुद्दामा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र निलम्बित सचिव टेकनारायण पाण्डे समेत प्रतिवादी रहेका छन् ।

प्रकाशित: १ पुस २०८१ १७:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App