काठमाडौँ महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधनमा सोमबार शोक बिदा दिइएको छ। महानगरले एक सूचना जारी गर्दै आज शोक विदा दिएको जानकारी गराएको हो।
जारी सूचनामा भनिएको छ, ‘काठमाडौँ नगरपालिकालाई संवत् २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गर्नु हुने पूर्व प्रमुख पिएल सिंहको आज विहान निजी निवासमा असामयिक निधन भएकोमा काठमाडौँ महानगरपालिका परिवार उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । प्रमुखका रुपमा काठमाडौँ महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा उहाँले पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै आज मिति २०८१ पुस १ गते अत्यावश्यक सेवाबाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा रहने निर्देशानुसार अनुरोध गरिन्छ।’
लामो समयदेखि अस्वस्थ उनको ८५ वर्ष बिहान ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो।
प्रकाशित: १ पुस २०८१ ०९:२५ सोमबार