समाज

'विश्वव्यापी जलवायु न्यायको लागि द्रूत कदम चाल्नुपर्ने आवश्यकता छ'

परराष्ट्र मन्त्री डा. आरजू राणा देउवाले जलवायु परिवर्तनको गम्भीर असरबारे विश्वव्यापी जलवायु न्यायको लागि द्रूत कदम चाल्नुपर्ने आवश्यकता रहेको औंल्याएकी छिन्।

नेपाल रिपब्लिक मिडियाद्वारा आयोजित क्लाइमेट कन्क्लेभ २०२४ को प्रमुख अतिथिको रुपमा सहभागी मन्त्री देउवाले जलवायु परिवर्तनले नेपालजस्ता अल्पविकसित र पहाडी मुलुकहरूलाई असमान रूपमा असर पु¥याएको भन्दै यसमा जलवायु न्यायको अनिवार्य आवश्यकता रहेको उल्लेख गरिन्।

कन्क्लेभको ‘द कल अफ माउन्ट एभरेस्ट फर ग्लोबल क्लाइमेट एक्सन’ नामक छलफलमा सहभागी हुँदै मन्त्री देउवाले आगामी कोप २९ सम्मेलनमा नेपालले जलवायु परिवर्तनका कारण प्रभावित मुलुकहरूको मागलाई बलियो रूपमा उठाउने भन्दै विकासशील राष्ट्रहरूलाई जलवायु वित्तीय सहयोग र प्रविधि स्थानान्तरण आवश्यक भएकोमा जोड दिइन्।

उनले यसका लागि सञ्चार माध्यमहरूको भूमिका महत्त्वपूर्ण भएको र अन्तर्राष्ट्रिय मिडियाले जलवायु परिवर्तनका मुद्दाहरूलाई उजागर गर्नुपर्ने आवश्यकता रहेको बताइन्।

‘जलवायु परिवर्तनका बारेमा व्यापक रिपोर्टिङ गर्दै द न्यूयोर्क टाइम्सले यस विश्वव्यापी मुद्दामा महत्त्वपूर्ण योगदान पु¥याएको छ,’ देउवाले भनिन्।

नेपालले पहाडी क्षेत्रहरूमा जलवायु परिवर्तनले पार्ने असरलाई अन्तर्राष्ट्रिय मञ्चमा ल्याउन सगरमाथा संवादजस्ता महत्वपूर्ण पहलहरू अघि सारिरहेको र सन् २०२५ मा यस संवादलाई पुनः सञ्चालन गर्ने योजना रहेको मन्त्री देउवाले जानकारी गराइन्।

कार्यक्रममा मन्त्री राणलाई मायाको चिनो प्रदान गरिएको छ।

उनलाई न्यूयोर्क टाइम्सका न्युयोर्क टाइम्सका अध्यक्ष स्टेफन डन्बर जोनसनले मायाको चिनो प्रदान गरेका हुन्।

प्रकाशित: १ कार्तिक २०८१ ११:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App