समाज

बाढी हेर्न गएका किशोर बगे, बालिकाको जीवितै उद्धार

फाइल।

महोत्तरीको गौशाला नगरपालिका–८ कुसमारीमा अवस्थित सोनी खोलामा आएको बाढी हेर्न गएका एक किशोर र एक बालिकालाई बाढीले बगाउँदा किशोरको मृत्यु भएको छ भने बालिकाको जीवितै उद्धार गरिएको छ।

आज दिउँसो करिब १ बजे स्थानीय नारायण साहका छोरा १६ वर्षीय रोहन साह र नागेन्द्र महतोकी छोरी ११ वर्षीया करिना महतो सोनी खोलामा आएको बाढी हेर्न गएको बेला उनीहरूलाई खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

बाढीले बगाएकी बालिका करिनालाई ५०० मिटर तल झाडीबाट प्रहरीले जीवितै उद्धार गरेको हो भने किशोर रोहनको आज दिउँसो ४ बजे मृत अवस्थामा साढे तीन किलोमिटर तल खोलामै शव परेको थियो।

त्यसैगरी, जिल्लाको बर्दिबास नगरपालिका–११ स्थित खयरमारा नदीमा अन्दाजी २१ वर्षीय पुरुषको शव माथिबाट बाढीले बगाएर ल्याएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिए।

प्रकाशित: १२ आश्विन २०८१ २०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App