समाज

महोत्तरीमा बाढीले बगाएका बालक मृत अवस्थामा फेला

महोत्तरीको गौशाला नगरपालिका  ८ कुस्मा दीमा सोनी नदीले बगाएका स्थानीय १६ वर्षीय रोहित साह मृत अवस्थामा फेला परेका छन् ।

शनिबार दिउँसो एक बजेतिर बाढी हेर्न रोहितसँगै स्थानीय ११ वर्षीय बालिका करिना महतो नदी किनारमा पुगेका थिइन् । त्यही बेला दुवै बालबालिकालाई बढीले बगाएका थिए ।

करिब एक घण्टापछि करिनालाई पाँच सय मिटर तल झाडीमा प्रहरीले सकुशल उद्धार गरेका थिए भने रोहित बेपत्ता भएका थिए । प्रहरीले रोहितलाई खोज्दै जाँदा शनिबार दिउँसो सवा ४ बजेतिर बगाएका स्थानबाट करिब साढे चार किलोमिटर दूरीमा रोहितको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तु लाल प्रसाद जैसवारले जानकारी दिए ।

प्रकाशित: १२ आश्विन २०८१ १८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App