समाज

बाढीले दुई बालबालिका बगायो

एकको जिवित उद्धार अर्कोको खोजी जारी

महोत्तरीको गौशाला नगरपालिका वडा नम्ब ८ स्थित सोनी नदीमा आएको बाढीले दुई जना बालबालिकालाई बगाएको छ । सोनी नदीमा आएको बाढी हेर्न गएका १६ वर्षीेय रोहित साह र ११ वर्षीया करिना महतोलाई बाढीले बगाएको प्रहरीले जनाएको छ ।

सुरक्षाकर्मीले  करिना बगेको स्थानदेखि पाँच सय मिटर तल झाडीबाट  शकुसल उद्धार गरेको छ । रोहित भने अझै  भेटिएका  छैनन् ।उनको खोजिकार्य तिव्र बनाइएको एसपी नकुल पोखरेलले जानकारी दिए । 

प्रकाशित: १२ आश्विन २०८१ १५:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App