समाज

उद्धारको आसमा रहेका ४ जनालाई बाढीले बगायो

ललितपुर महानगरपालिका-१४ स्थित कान्तिपुर कोलोनि नजिकै शनिबार बिहान करिब ९:१५ बजे नख्खु खोलामा आएको बाढीमा परी चार जना बेपत्ता भएका छन्।

बेपत्ता भएकाहरूमा एक महिला, दुई पुरुष, र एक बालक रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा उद्दारकर्मीहरूको टोली परिचालन भइसकेको छ। उनीहरुको खोजी जारी छ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार उद्धारको आसमा रहेका ती व्यक्तिहरूलाई नख्खु खोलाको जलस्तर एक्कासि बढेपछि बगाएको हो। उनीहरू कोलोनिको नजिकै रहेको एक घरको छतमा फसेको अवस्थामा बाढीले बगाएको बताइएको छ।

सुरक्षा निकायले उद्धार कार्य अघि बढाएको भए पनि पानीको उच्च वेग र सतहले गर्दा खोजी कार्यमा चुनौती आएको छ।

विगत केही दिनदेखि लगातार परेको भारी वर्षाले नख्खु खोलामा पानीको सतह बढाएको थियो। खोलामा आएको यो बाढीले वरपरका बस्तीहरूलाई पनि जोखिममा पारेको छ।

स्थानिय प्रशासनले नागरिकहरूलाई सतर्क रहन र खोलाका किनार नजिक नजान अनुरोध गरेको छ।

प्रकाशित: १२ आश्विन २०८१ १०:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App