समाज

पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ। निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका– ४ चिसापानीमा बस्दै आएका फिदिम नगरपालिका– १२ का २५ वर्षीया सपना शेर्पा र उहाँकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो। उनीहरूसँगै रहेका अन्य तीनजना भने भागेर बाँच्न सफल भएका छन्।

पहिरोमा परी शनिबार बिहान ३ः४५ तिर दुवैजनाको मृत्यु भएको हो। मृतकहरूको शव स्थानीयको सहयोगमा प्रहरीले पहिरोबाट निकालेको छ। पहिराले यहाँ रहेको नेपाल आदिवासी जनजाति महासंघको भवन पनि पुरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।–रासस

प्रकाशित: १२ आश्विन २०८१ ०९:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App