समाज

गौरा पर्वले राष्ट्रिय एकता र गौरव प्रकट गरेको छः वनमन्त्री ठकुरी

वन तथा वातावरणमन्त्री ऐनबहादुरसिंह ठकुरीले गौरा पर्वले राष्ट्रिय एकता र राष्ट्रिय गौरव प्रकट गर्ने गरेको बताएका छन् ।

सोमवार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजना गरिएको  कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले यस्तो कुरा बताएका हुन। उनले कर्णालीको महान गौरा पर्व सम्मान र आत्मियताका साथ मनाइने गरेको बताए। उनले पर्व र संस्कृतिहरुले राष्ट्रलाई जोड्नका लागि विभिन्न भावना,सम्बन्धहरु,आपसी एकता र सद्भावका लागि गौरा पर्वले भुमिका खेल्दै आएको बताए ।

वनमन्त्री ठकुरीले  गौरा पर्व सुदूरपश्चिम र कर्णालीमा मनाउँदै आएको बताए । उनले गौरा पर्वले राष्ट्रिय एकता,मेलमिलाप र आपसमा सद्भाव कायम गरो भन्दै सबैलाई शुभकामना दिए । 

प्रकाशित: १० भाद्र २०८१ १८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App