समाज

सोलुखुम्बुमा हिमताल विष्फोटबाट आएको बाढीसम्बन्धी प्रतिवेदन सार्वजनिक

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका- ५ थामेमा हिमताल विष्फोटबाट आएको बाढीसम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ। जल तथा मौसम विज्ञान विभागले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको हो।

प्रतिवेदनमा थामे जलाधारमा रहेका विभिन्न ५ हिमतालहरूको सेटलाईट तस्बिर तथा घट्ना अगाडि र पछिको भूबनोटमा आएको परिवर्तनको अध्ययन गर्दा माथिल्लो हिमताल १ को प्राकृतिक बाँधभन्दा तलबाट हिमताल २ (हाल विष्फोट भएको हिमताल) हुँदै थामेसम्मको क्षेत्रमा उल्लेख्य भू–हलचल भएको देखिएकाले हिमताल १ को प्राकृतिक बाँधभन्दा तल र हिमताल २ भन्दा माथिल्लो क्षेत्रमा अचानक आएको भू–परिवर्तन नै हिमताल २ विष्फोटनको मुख्य कारण रहेको देखिएको उल्लेख छ।

साथै थामे आसपास स्याङवोचे र फोर्त्सेमा घट्नाको केहि दिन अगाडिको वर्षा र तापक्रमको वृद्धिले माथिल्लो हिमताल १ ओभरफ्लो भएको हुनसक्ने र यसका कारण हिमताल १ र हिमताल २ ९हाल विष्फोट भएको हिमताल) को बीचको जमिनमा भूक्षय भई तल्लो हिमताल विष्फोटन भएको हुनसक्ने आकलन प्रतिवेदनले गरेको छ।

साउन ३२ गते आएको गेग्य्रान र ठूला ढुङ्गासहितको बाढीले थामेमा  ठूलो क्षति भएको थियो। थामेका २४ घरसहित स्कुल, क्लिनिकलगायत बस्तीमा क्षति पुगेको थियो।

प्रकाशित: ८ भाद्र २०८१ ०६:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App