समाज

बैतडीमा एक महिला मृत अवस्थामा फेला

बैतडीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाकाे पाटन नगरपालिका-१० मटेकी १९ वर्षीया बिमला पाण्डेय मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ। 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार घर नजिकैको जंगलमा सल्लाको रुखमा झुण्डिएको अवस्थामा शुक्रबार दिउँसो २ बजेतिर बिमलाको शव फेला परेको हाे। 

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी प्रहरी टोली खटिएको छ।

प्रकाशित: २० श्रावण २०८१ १०:०५ आइतबार

#Baitadi #police #patan