समाज

फेला परेका तीनवटै शवको सनाखत, १ भारतीय र २ नेपाली नागरिक

त्रिशूली नदीमा बस दुर्घटना पछि फेला परेका तीनवटा शवको पहिचान खुलेको छ। जसमा एकजना भारतीय नागरिकसहित २ जना नेपाली नागरिक रहेका छन्।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार नवलपुरको गैंडाकोटस्थित नारायणी नदीको टापुमा शनिवार दिउँसो भेटिएका दुवै शवको सनाखत भएको छ।

२२ वर्षीय विकास परियारको शव उनका दाइ विजय परियारले पहिचान गरेका छन्। विकास वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००६ ख १५१६ नम्बरको बसमा सवार थिए।

त्यही भेटिएकको अर्को शव सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय रमितकुशर माझीको रहेको छ। उनका बुवा रवीन्द्रकुशर माझीले शवको सनाखत गरेका हुन्। उनी काठमाडौबाट गौर जाँदै गरेको प्रदेश ०३– ००१ ख २४९५ नम्बरको गणपति बसमा चढेका थिए।

शनिवार नै गोलाघाटमा फेला परेको शव भारतीय नागरिक ऋषिपल साहको रहेको खुलेको छ।

शवको पुष्टि उनका दाइ सत्यपाल साहले गरेका हुन्। भारतको मोतिहारी राजमुनुवा घर भएका २८ वर्षीय ऋषिपल काठमाडौंको जोरपाटीबाट गौर जानका लागि गणपति बस चढेका थिए। ऋषिपलले काठमाडौंमा १० वर्षदेखि किराना पसल गर्दै आएका थिए। दाइ सत्यपालले पनि काठमाडौंमै किराना पसल सञ्चालन गर्दै आएका छन्।

बेपत्ता अन्यको पनि खोजी कार्य जारी रहेको छ।

प्रकाशित: ३० असार २०८१ ०८:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App