समाज

जन्ती बोकेको स्कार्पियो दुर्घटना, दुई जनाको मृत्यु

रौतहटबाट जन्ती लिएर सर्लाही तर्फ जाँदै गरेको भारतीय नम्बरको स्कार्पियो दुर्घटना भएको छ। दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।

बिहान ९ बजे रौतहट गढीमाई न.पा.६ सिङगारमन धर्मपुर सडक खण्डको धनहरी गाउँमा सर्लाही तर्फ जन्ती लिएर जाँदै गरेको एचआर ७० डी ८३८२ नं।को स्कार्पियो गाडी अनियन्त्रित भई नहरमा पल्टिएर दुर्घटना  भएको हो।

दुर्घटनामा काठमाडौँका ५५ वर्षीय कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघटा गापा ३ सुन्दरपुरका रवीन्द्र पण्डितको ७ वर्षिया छोरी श्वेता पण्डितको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

भारतीय नम्बरको स्कार्पियो जिपमा १२ जना सवार रहेको मध्ये ५ जना सकुशल रहेको, ३ जना नाम थर नखुलेको स्थानीय अस्पताल तर्फ गएको प्रहरीको भनाइ छ।

प्रकाशित: २८ असार २०८१ ११:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App