समाज

प्रदेश लोकसेवा आयोगको अध्यक्षमा पूर्व सचिव महेन्द्र प्रसाद गुरागाई नियुक्त

कोसी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा पूर्व सचिव महेन्द्र प्रसाद गुरागाई नियुक्त भएका छन् । कोसी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार गुरागाईलाइ प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा आइतबार मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको बैठकले गुरागाईलाइ नियुक्त गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो।

मुख्यमन्त्रीको अध्यक्षमा  हुने सिफारिस समितिमा सभामुख र विपक्षी दलका नेता सदस्य रहने व्यवस्था  छ । प्रदेश लोकसेवा आयोगको अध्यक्षको कार्यकाल ६ वर्षको हुने प्रदेश लोकसेवा आयोग ऐन २०७६ मा व्यवस्था छ । यस अघिका अध्यक्ष  उत्तम भट्टराई उमेर हदका कारण अवकाश भएका थिए । गुरागाईले आइतबार नै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभन्डारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रकाशित: २३ असार २०८१ १८:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App