समाज

तपाईंको आजको राशिफल

मेष राशिः पठन पाठनमा रुची बढ्ने छ। परिवारका कुनै सदस्यलाई सामान्य चर्म समस्या देखा पर्न सक्ने छ। नियमित व्यवसायमा लाभ देखिन्छ। आफन्तको सहयोग लिएर कार्य गर्नु होला। नयाँ कार्यमा रुचि लिनु होला।

वृष राशिः व्यापार व्यवसाय गर्नेलाई दिन राम्रो छ। कार्य पूर्णसिद्धिमा सामान्य बाधा छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। वैदेशिक कार्यमा सफलता प्राप्त हुने देखिन्छ। धन आर्जन हुने योग देखिन्छ।

मिथुन राशिः रोजगारीको अवसर मिल्ने समय छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। प्रयास गर्दा आर्थिक प्राप्तिमा सफलता मिल्नेछ। गृह निर्माणको योग छ।

कर्कट राशिः उन्नती प्रगतिमा सन्तोष हुने दिन छ। स्वास्थ्यमा बिकार आउने देखिन्छ। विद्यार्थीका लागि पढाई राम्रो रहेको छ।  केही व्यक्तिहरुले धन खर्च लगराउन सक्नेछन्। व्यापारमा कम फल प्राप्त हुनेछ।

सिंह राशिः प्राविधिक क्षेत्रमा लगानी गर्दा मध्यम हुन्छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। धन खर्च हुने योग देखिन्छ। दाम्पत्य जीवनमा सुख शान्ति मिल्ने छ। मन उत्साहित हुने समय छ।

कन्या राशिः प्रेमिहरुका लागि राम्रो हुने दिन छ। आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। धातु सम्बन्धी व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुने छ। अध्ययनमा सफलता मिल्ने योग छ।

तुला राशिः परिवारमा अर्थ आर्जन हुने योग देखिन्छ। उदर रोग देखा पर्न सक्ने छ। अध्ययन, लेखनको कार्य सुरु गर्नु राम्रो होला। व्यापारको क्षेत्रमा आर्थिक लगानि गर्नु शुभ छ। कार्यगर्दा बिचार पूर्वक गर्नुहोला।

वृश्चिक राशिः पढाइमा सफलता मिल्ने छ। बाहिरी काममा सामान्य मतभिन्न हुन सक्ने छ। संगिनीसँग प्रेम सद्भाव रहने छ। व्यापारको काम गर्दा विचार पु¥याएर गर्नु होला। छोटो यात्रा गर्नु राम्रो होला।

धनु राशिः राजनीतिक क्षेत्रमा दिन राम्रो छ। धन आउने योग छ। पढाईको क्षेत्रमा थोरै बाधा आउने छ। यात्रामा विचार पुर्याउनु होला। व्यवसायमा फल प्राप्तिको समय शुभ छ। भेटघाटमा सहभागी हुनु पर्ने छ।

मकर राशिः दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। ज्ञान क्षेत्रमा रुचि बढ्ने छ। मधुर भोजन र पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ। आँखामा सामान्य समस्या देखा पर्नेछ। सामाजिक पद प्रतिष्ठा मिल्ने छ।

कुम्भ राशिः सामाजिक कार्यमा सम्मान मिल्ने छ। बिलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। भूमि सम्वन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनकोे क्षेत्रमा दिन राम्रो रहेको छ। वाणी सफल हुने योग छ।

मीन राशिः व्यापार व्यवसायमा आर्थिक लाभ हुने योग छ। वैदेशिक यात्राको समय देखिन्छ। पराक्रमबाट कार्यसिद्धि हुने छ। पढाई, लेखाईमा सफल भइनेछ। साथीभाईसँग रमाईलो भेटघाट हुनेछ।

प्रकाशित: १२ असार २०८१ ०६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App