समाज

काठमाडौँबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना: ६ जना घाइते

काठमाडौंबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

रात्री बस शनिबार बिहान ३ बजेर ४० मिनेटको समयमा तनहुँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अपिल बोहोराले जानकारी दिएका छन्।उनका अनुसार आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ट्राफिक पोष्टस्थित पृथ्वीराजमार्ग सडक खण्डमा ना ५ ख  ४३७४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित दुर्घटनमा भएको हो।

दुर्घटनामा घाइतेमध्ये आबुखैरेनी अस्पतालमा कास्कीका सुनिता गुरुङ, रेशम सुनुवार, संगिता तिवारी, संदिप तिवारीका साथै धादिङका सुरक्षा कडेंल र टेकनाथ कडेलको उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित: ८ असार २०८१ ११:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App