समाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा समस्या, जहाजहरू आकाशमै होल्ड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा समस्या आएपछि  सबै विमानहरू आकाश मै होल्ड भएका छन्। नागरिक उड्डयन कार्यालयका प्रवक्ता सुवास झाका अनुसार रन वेको पिच उक्किएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका हुन।

बिहीबार साँझ  ५ : ३० बजेदेखि सुरु भएको सो समस्याले बैंककबाट काठमाडौं आएको थाई एयर र ढाकाबाट आएको हिमालयन एयरलाइन्सका जहाजलाई आकाशमै होल्ड गरिएको प्रवक्ता झाले जानकारी दिएका छन ।

प्राविधिकहरूले उक्त समस्याको  निरीक्षण गरेपछि समस्याको समाधान भएर अव केहीबेरमै जहाजहरू ल्याण्ड हुने तयारी भएको नागरिक उड्डयन कार्यालयका प्रवक्ता झाले नागरिकलाई जानकारी दिए। 

प्रकाशित: २४ जेष्ठ २०८१ १८:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App