समाज

हल्का वर्षापछि चर्को गर्मीबाट राहत

काठमाडौं उपत्यका लगायत देशभरिका विभिन्न स्थानमा हल्का वर्षा भएपछि चर्को गर्मीबाट केही राहत मिलेको छ।

शनिबार बिहानैदेखि मौसम बदली देखिएकोमा अपराह्न हल्का वर्षा भएको हो। आकाशमा कालो बादल मडारिँदा तापक्रम केही घटेको छ।

पानी पर्दा काठमाडौंको तापक्रम केही घटेको छ। शुक्रबार ३३ डिग्री सेल्सियस पुगेको काठमाडौंको तापक्रम शनिबार दिउँसो २३ डिग्री सेल्सियसमा झरेको छ।

जल तथा मौसम विज्ञान विभागगका अनुसार उपत्यकासहित रामेछाप, सोलुखुम्बु, म्याग्दी, स्याङ्जा, गुल्मी, लमजुङ, प्युठान, सिन्धुपाल्चोक, धादिङ, धनकुटा, तनहुँ, चितवन, गुल्मी दाङ, सिन्धुपाल्चोक, सिन्धुली, पाँचथर लगायत अन्य ठाउँका पहाडी भूभागहरुमा पनि शनिबार हल्का वर्षा भएको छ।

सुदूरपश्चिमका डोटी, डडेलधुरामा पनि मध्यम वर्षा भइरहेको छ।

प्रकाशित: १९ जेष्ठ २०८१ १८:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App