समाज

काठमाडौं महानगरले माग्यो २५८ नगर प्रहरी

काठमाडौं महानगरपालिकाले करार सेवामा २५८ जना नगर प्रहरी जवान माग गरेको छ।

महानगरपालिकाले शनिबार एक सूचना प्रकाशित गरी २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगी माग गरेको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेश भएकाहरूलाई महानगरपालिकाले दरखास्त दिन आग्रह गरेको छ।

महानगरले ७ दिनभित्र आफ्नो वैकल्पिक दर्ता नम्बर र नागरिकताको प्रमाणपत्रसहित  महानगरको प्रशासन विभागमा दरखास्त पेस गर्न भनेको छ।

उल्लिखित वैकल्पिक सूची काठमाडौँ महानगरपालिकाको वेबसाइटको डाउनलोड अन्तर्गतको प्रकाशनमा ‘वैकल्पिक सूची’ शीर्षकमा समेत रहेको महानगरले जनाएको छ।

प्रकाशित: १९ जेष्ठ २०८१ १५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App