समाज

सन्दीपका वकिल सरोज घिमिरे भन्छन्: उनी निर्दोष थिए, अदालतले न्याय दियो

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएपछि सन्दीपका वकिल सरोज घिमिरेले  अदालतले न्याय दिएको प्रतिक्रिया दिएका छन्।

घिमिरेले आफूहरूले सुरुदेखि नै सन्दीप निर्दोष रहेको बताउँदै आएको र आज अदालतले न्याय दिएको बताएका हुन्। 

उनले भने,'हामीले सुरुदेखि नै सन्दीप निर्दोष छन् भन्दै आइरहेका थियौँ। जिल्ला अदालतले आधार, कारण नहेरी दोषी ठहर गरेको थियो। सम्मानित उच्च अदालतले आधार कारण हेरेर सफाइ दिएको छ। सन्दीपले न्याय पाएका छन्। उनी अन्यायमा परेका थिए। अदालतप्रति सधैँ सम्मान रहने छ।'

प्रकाशित: २ जेष्ठ २०८१ १७:३९ बुधबार

#Sandeep Lamichhane