समाज

घरमा आगलागी हुँदा ४१ लाख बढी क्षति

पातारासी गाउँपालिकामा एक घर आगलागी भएको छ। पातारासी गाउँपालिका २ तल्फी गाउँका कलसिंह सार्कीको दुईतले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यमबहादुर बुढाले जानकारी दिएका छन्।

बुढाका अनुसार आगलागी राति साढे ११ बजेको समयमा भएको हो। आगलागीबाट धनमाल, लत्ता, कपडा, अन्न, गरगहनासहित ४१ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

गाउँले र स्थानीय प्रहरीले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। कार्यालयका अनुसार घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ। घर जलेपछि २८ जनाको संयुक्त परिवार विस्थापित भएको छ।

प्रकाशित: १२ फाल्गुन २०८० १२:०२ शनिबार

आगलागी पातारासी गाउँपालिका २ तल्फी गाउँ कलसिंह सार्की दुईतले घर ४१ लाख बढी क्षति