समाज

सशस्त्रका डिआइजी शाहलाई उत्कृष्ट वाहिनी अवार्ड

सशस्त्र प्रहरी बलको मुल्याङकनमा यस वर्ष मधेस प्रदेशको  छिन्नमस्ता वाहिनी बर्दिबासका प्रमुख डिआइजी दीपेन्द्र शाहलाई उत्कृष्ट बाहिनी अवार्ड प्रदान  गरिएको छ।

देशभरका युनिटहरूको  मूल्याङ्कन गर्ने क्रममा वाहिनीहरू मध्ये छिन्नमस्ता  वाहिनी उत्कृष्ट ठहरिएपछि डिआइजी शाहलाई सो अवार्ड प्रदान गरिएको हो।

आठ वटा जिल्लाको कमान्ड रहेको सो  वाहिनीले सीमा सुरक्षामा समेत उल्लेख्य कार्य गरेको सशस्त्र मुख्यालयको ठहर छ। २३ औ सशस्त्र प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले सशस्त्र प्रहरी मूख्यालयमा आयोजित विशेष समारोहमा सो अवार्डले सम्मान गरेका थिए।

 मधेस प्रदेश सीमा सुरक्षाको दृष्टिले संवेदनशील रहेको र सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण तथा राजश्व छलीलाई समेत न्यूनीकरण गर्न सफल भएका थिए।  

त्यसक्रममा प्रधानमन्त्री दाहालले सशस्त्र प्रहरीले सीमा क्षेत्र सुरक्षामा पुर्याएको योगदानको प्रशंसा गरेका थिए।उनले सशस्त्र प्रहरीमा कार्यरत कर्मचारीहरुको वृत्ति विकासमा सरकारले ध्यान दिने समेत बताएका थिए।  

प्रकाशित: ९ माघ २०८० १५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App