समाज

गीतेन्द्रबाबु राई समूहको सहकारीबाट ठगिएका ३२ जनाले दिए जाहेरी

गीतेन्द्रबाबु राईको समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ठगिएका ३२ जना पीडितले बाँके प्रहरीसमक्ष जाहेरी दिएका छन्।

उक्त सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीले ठगी गरेको भन्ने ठगीसम्बन्धी कसुर मुद्दा अनुसन्धानका लागि ती जाहेरी दरखास्त आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले उक्त संस्थामा जम्मा भएको बचतकर्ताको रकम ठगी गरेको भन्ने ठगीसम्बन्धी कसुर मुद्दा अनुसन्धानका लागि हालसम्म ३२ जनाको जाहेरी दरखास्त प्राप्त हुन आएको जानकारी दिए।

बाँके प्रहरीले सोबाहेक जाहेरी दरखास्त दिन छुटेका अन्य बचतकर्तालाई पनि उक्त संस्थामा रकम जम्मा गरेको प्रमाण कागजातसहित कार्यालयमा जाहेरी दरखास्त पेस गर्न अनुरोध गरेको छ। समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपालगन्जको सुर्खेतरोडमा कार्यालय खोलेर कारोबार गर्दै आएको थियो।

प्रकाशित: १३ पुस २०८० ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App